सूर्या लाइफले ४० प्रतिशत हकप्रद सेयर दिने

Advertisement

काठमाडौंः सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र हकप्रद सेयर दिने भएको छ । कम्पनीले शुक्रवार बसेको २१६औं संचालक समितिको बैठकबाट ४० प्रतिशत हकप्रद सेयर र १२ प्रतिशत बोनस सेयर दिने भएको हो ।

संचालक समितिको बैठकले नवौं साधारण सभाबाट पारित भएको बोनस सेयर र हकप्रद सेयर दिने निर्णय गरेको छ । बोनस सेयरपछि हुने चुक्ता पुँजीको १० बराबर ०७ को अनुपातमा हकप्रद सेयर प्रदान गर्न आउने साधारण सभामा प्रस्ताव गर्ने इन्स्योरेन्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement