तीन वटा विद्युतीय बस भित्र्याउँदै ललितपुर महानगर

Advertisement

काठमाडौंः ललितपुर महानगरपालिकामा असोजदेखि विद्युतबाट चल्ने विद्युतीय बस सेवा सञ्चालनमा आउने भएको छ । महानगरले प्रदुषणलाई कम गर्नको लागि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने भएको हो ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउनलाई चाइनिज कम्पनी बिवाइडी अटो कोअपरेटिभसँग सहकार्य गरेको बताए । महानगरले भदौ मसान्त भित्र ४० सिट क्षमताका तीन वटा बस भित्र्याउने लक्ष्य राखेको छ ।

ललितपुर महानगरले विद्युतीय बस किन्नकै लागि तीन करोड रुपियाँ बजेट छुट्याएको छ ।

Advertisement

Advertisement

Advertisement