बजेट पारित, खर्च कटौतीसम्वन्धी प्रस्तावहरु अस्वीकृत

Advertisement

काठमाडौंः प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको सो विधेयक बैठकले बहुमतले पारित गरेको हो ।

बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्नुका साथै विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए ।

यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । त्यसअघि सांसदहरुले प्रस्तुत गरेका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

Advertisement

Advertisement

Advertisement