उर्जा क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियासँग एमओयू

Advertisement

काठमाडौं । उर्जामन्त्रालयअन्तर्गतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर भएको छ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितिमा कम्पनीका प्रवन्धक निर्देशक मोहन पन्त र अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुइै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको जनाइएको कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।

साथै, आज उर्जामन्त्री बर्षमान पुन र अष्ट्रेलियन राजदूत पिटर बडबीच पनि भेटवार्ता भएको छ । भेटमा पुनले उर्जा क्षेत्रको विकासका लागि सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको बताए ।

अष्ट्रेलियन राजदूत बडले उर्जा क्षेत्रमा विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताए । उनले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक रहेको बताए । बडले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा तीन सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने इच्छा व्यक्त गरेको समेत बताए ।

Advertisement

Advertisement

Advertisement