सुरुवातमा कमजोर देखिएको ‘बोबी’ उकालो लाग्दै

Advertisement

काठमाडौं । नेपाली चलचित्र ‘बोबी’ले प्रदर्शनको सुरुवाती केही दिन औसत व्यापार गरेपनि दिनप्रतिदिन उकालो लाग्दैछ । राम्रो फिल्म बने दर्शकको साथमा कमी नहुने उदाहरण उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ले साबित गरेको छ ।

प्रायजसो नेपाली फिल्मको व्यापार शुक्रवार र शनिवार बाहेक अरु दिन पट्यारलाग्दो हुन्छ । तर ‘बोबी’ ले भने बिदा नभएको दिन पनि सुखद कलेक्सन गरेको छ । दर्शकले यो फिल्मलाई सिंगल थिएटरमा पत्याएनन् भने मल्टिप्लेक्समा दर्शकको ‘फ्लो’ कम छैन ।

व्यापारका लागि हेर्ने हो भने फिल्म सिंगलमाभन्दा मल्टिप्लेक्समा टिकिरहनु राम्रो हो । संसारकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘बोबी’लाई बुधवार ५ शो दिएको छ । मंगलवार ३ शो बाढेकोमा कुनैपनि शो दर्शक अभावले रोकिएका छैनन् । प्राय सबै शो हाउसफूल छन् ।

बिहीवार पनि क्यूएफएक्सका तीन हलमा ४ शो पाएको छ । नामै नसुनेका कलाकार र बिदाको दिन नेपाली फिल्मले मल्टिप्लेक्समा ४ ५ शो पाउनु ठूलो कुरा हो ।

‘बोबी’लाई बुधवार राजधानीमा रहेका मल्टिप्लेक्स हल एफक्यूबले १ शो, बिग मुभिजले १ शो र विएसआर मुभिजले २ शो बाढेका छन् ।

असार २९ गते एकसाथ प्रदर्शनमा आएका ३ फिल्म ‘बोबी’सँग ‘बाबु कान्छा’, ‘यो पागल मन’ र ‘विराङ्गना’ मल्टिप्लेक्ससँगै सिंगल यिएटरबाट समेत उत्रिसक्दा ‘बोबी’ ले भने दर्शक बढाउँदै गएको छ । सुरुवाती दिनमा ‘बाबु कान्छा’ र ‘विराङ्गना’को भन्दा यस फिल्मको कलेक्सन निकै कमजोर थियो ।

फिल्मका निर्माता तथा निर्देशक समलन चाम्सले दर्शकको उत्साहजनक साथले उर्जा मिलेको र फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्नेमा विश्वस्त छन् । राजधानीसँगै चितवन, पोखरा, धरान, इटहरी र दमकमा पनि राम्रो साथ मिलेको बताएका छन् ।

फिल्ममा रियल जोडी उमेश र कविताकै लिड रोल छ भने विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल लगााएतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेन्मेन्ठको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन, बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

Advertisement

Advertisement

Advertisement