‘फेक रेस्क्यु’को छानविन सुरुभएपछि वायुसेवा सञ्चालकहरु विभाजित, रामेश्वर थापाले दिए राजीनामा

Advertisement

काठमाडौं । हिमाल चढन जाने पर्यटकहरुलाई बिरामी बनाएर नक्कली उद्दार (फेक रेस्क्यु) गरी हेलिक्टर सञ्चालकहरु लामो समयदेखि पर्यटकहरुबाट करोडौं रकम ठगी हुँदै आएको विषय चर्किएपछि हेलिकप्टर सञ्चालकहरुबीच नै विवाद चर्चिएको छ ।

विवाद बढेसँगै सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापाले नेपाल वायुसेवा सञ्चालक संघबाट साधारण सदस्यबाट राजीनामा दिएका छन् । संघको निवर्तमान अध्यक्षसमेत रहेका थापा अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत हुन् । हेलिकप्टर सञ्चालकहरुसँग ट्राभल एजेन्सीदेखि गाइड अस्पतालहरुसमेत मिलेर पर्यटकहरुलाई बिरामी बनाउने, फेक रेस्क्यु गर्ने बीमा कम्पनीदेखि सम्वन्धित पर्यटकहरुसँग करोडौं रुपियाँ अशुल्ने काम भइरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

फेक रेस्क्यु प्रकरणको छानविन गर्न सरकारले बनाएको छानविन समितिले यसअघिका यात्रुहरुको विवरण र उडानको अवस्थाबारे जानकारी मागेपछि हेलिकप्टर सञ्चालकहरुबीच नै आरोप प्रत्यारोप सुरु भएको छ । वायुसेवा सञ्चालक संघको कार्यसमितिलाई उपेक्षा गर्दै थापाले फेक रेस्क्युको समस्याका विषयमा छलफल गर्न बैठक बोलाएपछि अन्यले त्यसलाई अस्वीकार गरेपछि थापा एक्लिएर साधारण सदस्यबाट राजीनामा दिएर हुन् ।

समितिका सदस्यहरुले थापाको राजीनामा आएको स्वीकार गरेका छन् । कार्यसमिति हुँदाहुँदै गम्भीर विषयमा व्यक्तिले बैठक बोलाउन मिल्दैन भनेपछि राजीनामा आएको उनीहरुले बताएका छन् । यता थापाले भने सरकारको छानविनलाई सहयोग गर्न आफूले बैठक बोलाएको तर साथीहरुको सहयोग नपाएपछि राजीनामा दिएको केही सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

छानविन समितिले फेक रेस्क्युको अनुसन्धानका क्रममा पर्यटकहरुको उद्दार गरिएका भनिएका विवरणहरु निजी हेलिक्प्टर सञ्चालकहरुसँग माग गरेको छ । संघले संस्थागत निर्णय लिएर सामुहिकरुपमा जानुपर्छ भन्दा थापाले आफू एक्लै हावी हुन खोजेको कार्यसमितिका सदस्यहरुको भनाई छ । थापाले आफ्नो कार्यव्यवस्तताको कारण देखाउँदै राजीनामा दिएका छन् । साथै, उनले सिम्रिक एयरको नाममा विज्ञप्ति जारी गरी फेक रेस्क्युका विषयमा सरकारले गरिरहेको छानविनमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement