स्वेदेशी लघुवित्तले सत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

Advertisement

काठमाडौं। स्वेदेशी लघुवित्त वित्तीय संस्थाले सत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको सत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावलाई सदर गरेसँगै हकप्रद निष्काशन गर्ने बाटो खुलेको हो ।

बोर्डले संस्थालार्इ ११ करोड ५० लाख रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति दिएको छ । कम्पनीको हकप्रद निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल रहेको छ। कम्पनीले हकप्रद निष्काशनको मिति भने तय गरीसकेको छैन् ।

संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपियाँ रहेको छ भने हकप्रदपछिको चुक्ता पूँजी २३ करोड रुपियाँ पुग्नेछ। गत आर्थिक वर्षमा संस्थाले तीन करोड ७७ लाख रुपियाँ नाफा गरेको छ। कम्पनीको प्रति सेयर आम्दानी ३२ रुपियाँ रहेको छ।

संस्थाले २०७३ साल चैत्रमा तीन करोड रुपियाँको प्राथमिक सेयर निष्कशन गरेको थियो। प्राथमिक सेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १० करोड रुपियाँ पुगेको थियो।

आइपिओपछि आर्थिक वर्ष २०७३।७४ को नाफाबाट १५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ पुर्याएको थियो।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको पनि पूँजी बृद्धि योजना ल्याउने तयारी गरिरहँदा पछिल्ला समय हकप्रद सेयरमार्फत पूँजी बृद्धि गरिरहेका छन्। केहि लघुवित्त नेपाल राष्ट्र बैंकले योजना ल्याउनु अगाडी नै पूँजी पुर्याउने कसरतमा छन्।

Advertisement

Advertisement

Advertisement