ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सर्वेक्षणका लागि सम्झौता

Advertisement

काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि नेपाल भारतबीच सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उक्त रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ एवं ट्राफिक सर्वेक्षणको ब्रोड गेज लाइन सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विसं २०७४ चैत ४ गते दुई सरकारले भारतको सहयोगमा नेपालमा रेल सञ्जाल विस्तार गर्दै रक्सौल र काठमाडौंलाई विद्युतीय रेलमार्गमार्फत जोड्ने समझदारीका साथ संयुक्त वक्तव्य जारी गरेका थिए । सोही समझदारीनुसार पहिलो चरणमा नेपाल सरकारको परामर्शमा भारत सरकारले एक बर्षभित्र तयारीमूलक सर्वेक्षणको काम गर्ने समति भएको छ ।

यसपछि मात्रै दुवै पक्षले विस्तृत परियोजना प्रतिवेदनमा आधारित भई कार्यान्वयन तथा लगानी मोडालिटीलाई अन्तिमरुप दिनेछन् । कोङकर्ण रेल्वे कर्पोरेशन लिमिटेडलाई नेपाल सरकारको परामर्शमा नयाँ रेलमार्ग प्रारम्भिक इन्जिनियरिङ ट्राफिक सर्वेक्षण गर्ने कामको जिम्मेवारी दिइएको छ ।

Advertisement

Advertisement