विदेशीले बोकाइदिएको संघीयता खारेज गर्न संसदमा प्रस्ताव दर्ता गर्दैछौंः चित्रबहादुर

Advertisement

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीको प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको बताएका छन् ।प्रगतिशील पत्रकार संघले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा केसीले केही दिनमै यस्तो प्रस्ताव संसद्मा दर्ता हुने बताएका हुन ।

संघीयताको विरोध नगर्न संविधान निर्माणका बेला करोडौंको अफर आएको सुनाउँदै उनले भने, ‘विरोध गर्दा ज्यान मार्ने धम्की पनि आयो । तर, डराइएन । अब राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको प्रस्ताव दर्ता गर्दै छ ।’

संघीयता विदेशीले बोकाइदिएको भारी भएकाले खारेज गर्नुको विकल्प नभएको केसीले बताए । उनले भने, ‘विगतमा सती प्रथा, दास प्रथाको विरोध गर्न पनि सहज थिएन, यस्तै पञ्चायतको विरोध गर्दा पनि यस्तै हुन्थ्यो । यो संघीयताको लडाइँ पनि अप्ठ्यारो छ ।’

Advertisement

Advertisement