ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गरिने

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनीलाई अन्तरराष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्न सरकार लागिपरेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङको उदघाटन गर्दै सो कुरा बताएका हुन ।

उनले अन्तर्राष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको लागि सरकारले बजेट समेत विनियोजन भई कार्यक्रम अघि बढेको जानकारी दिए । क्न्भेन्सन सेन्टरको निर्माणले ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न थप मद्दत पुग्ने पनि उनले बताए ।

यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिकपूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको भन्दै सडक निर्माणको लागि सरकारको तर्फबाट आफ्नो ध्यानकर्षण समेत भएको बताएका छन ।

‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ ककनीबाट शुरु भएको सो हाईकिङमा करिब ४ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । उक्त हाईकिङ ककनीको मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूईरेचौरमा आएर सम्पन्न भएको हो ।

काठमाडौंबाट करिब १३ किलोमिटरको दुरीमा रहेको सूईरेचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश, राउचुली हिमाल लगायतका दृष्य अवलोकन गर्न सकिन्छ । सूईरे चौरमा हिमालहरुको दृष्य अवलोकन तथा काठमाडौंको धुलो धुँवाबाट केही समय भए पनि मुक्ती पाउन हरेक शुक्रबार तथा शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् ।

Advertisement

Advertisement

Advertisement