एनसीसीको २ करोड ३३ लाख हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन

Advertisement

काठमाडौं। नेपाल क्रेडिट एण्ड  कमर्स बैंक लि. ( एनसीसी) को २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर  भर्न अब ५ दिन मात्र बाँकी रहेको छ । एनसीसीले भदौ ४ देखि असोज ७ गते हकप्रद खुला गरेपनि आवश्यक मात्रामा आवेदन नपरेपछि १५ दिन समय थपेर असोज २२ गतेसम्म पुर्याएको हो । लगानीकर्ताले असोज २२ गतेसम्म मात्र आवेदन दिन सकिनेछ । यसमा साउन १४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसको  बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख ५३ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट ५०% हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement