अवैध अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

Advertisement

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनियाँ नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक इरेसालाई प्रहरीले  सोमबार पक्राउ गरेको हो।

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  लगेज चेक गर्ने क्रममा सोहि लगेजभित्र लुकाएर राखेको  डलर फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement