एनआईसी एशियाले ल्यायो चमत्कारीक बचत खाता, यस्ता छन सुविधा

Advertisement

काठमाडौं । एनआईसी एशियाले चमत्कारीक बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहकबाट लोकप्रियता पाएको भन्दै उक्त नयाँ योजना ल्याएको हो ।

बैंकले शुभ दिपावलीको अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित उक्त बचत खाता संचालनमा ल्याएको जानकारी दिएको छ । उक्त बचत खातामा ७ प्रतिशत बार्षिक ब्याजदर, न्युनतम १ हजार रुपैयाँ मौज्दात साथै अनलाईनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने लगाएतका सुविधा रहेका छन । साथै बैंकले उक्त् बचत खाता खोलेर न्युनतम बार्षिक मौज्दात १ लाख सम्म भएमा १० ग्राम चाँदीको सिक्का दिने भएको छ । साथै खातावालाले न्युनतम बार्षिक २ लाखसम्म मौज्दात गरेमा २५ ग्राम चाँदीको सिक्का दिने बताएको छ । यस्तै ग्राहकले १५ लाख र ३० लाख न्युनतम मौज्दात गरेमा क्रमशः साढे २ ग्रामको सुनको सिक्का र ५ ग्रामको सुनको सिक्का पाउने भएका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement