एनआईसी एशियाका सबै शाखाबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त  सम्झौताअनुसार बैंकका ग्राहकहरुले जुनसुकै शाखाबाट सन नेपाल लाइफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement