युरोपको आकाशमा राष्ट्रिय ध्वजावाहकलाई उड्डयन अनुमति दिन युरोपेली आर्थिक चेम्बरको आग्रह

Advertisement

काठमाडौं । यूरोपेली आर्थिक चेम्बर (ईईसी) नेपालको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सन् २०१९ को लागि वार्षिक योजना र कार्यक्रम अनुमोदन गरेको छ ।

नेपाल व्यापार फोरमले यूरोपमा द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गरिने पनि चेम्बरले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सभाले नेपाली निर्यातमा यूरोपीय युनियन (ईयू) ट्रेड रिजर्भेसनलाई पूँजीकरण गर्न उपलब्ध अनुकूल माध्यमहरू रहेको जानकारी गराउनुका साथ ईयूले शून्य शुल्कमा नेपाल निर्यातमा कुनै कोटाको रोकतोक नभएको समेत जानकारी गराएको थियो ।

नेपाल ईयूको १५३ औं व्यापार साझेदार रहन सफल भएको छ । ईयू नेपालको दोस्रो ठूलो निर्यात बजार हो, जुन १३ प्रतिशत अर्थात चौथो प्रमुख आयात बजार हो । दशकौंदेखि स्थिर रहिआएको व्यापारमा अनुकुल वातावरणका साथै पूर्वाधारमा थप लगानी, विविधता र बजारमा सजिलो पहुँच बनाइ निर्यात योग्य वातावरणको लागि पनि जोडदार माग गर्दै नेपाल वर्ष भ्रमण २०२० लाई मध्यनजर गर्दै युरापेली आकाशमा राष्ट्रिय ध्वजावाहकलाई उडड्यन अनुमति दिन समेत आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement