'नेपाल आइडल २' को ग्राण्ड फिनाले ४ बजेदेखि सुरु हुँदै, कसले हात पार्ला बिजेताको ताज ?

Advertisement

 काठमाडौं।  नेपालको चर्चित गायन रियालिटी शो 'नेपाल आइडल २' को  ग्राण्ड फिनाले  आज बेलुकी ४ बजेदेखि  सुरु भएर राति ९ बजे सम्म चल्नेछ ।

 एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय 'नेपाल आइडल'को ग्रान्ड फिनाले यसपटक भने नेपालबाटै हुने भएको हो।  बिगत ५-६ महिना देखि आफ्नो गायन कलालाई निखार्दै लाखौँ प्रतिश्पर्धीसंग जुध्दै ग्राण्ड फिनालेसम्म पुग्न सफल भएका यी चार जना प्रतिश्पर्धी ( बिक्रम बराल, अस्मिता अधिकारी, रवि ओड र सुमित पाठक ) जो कोहि भन्दा कम  छैनन्।  यी चार जना मध्य मध्ये एक ले बिजेताको ताज पहिरिने छ।

Advertisement

नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए ।

Advertisement

Advertisement