एनसीसीको साधारण सेयर नागरिक लगानी कोषले पाएन

Advertisement


काठमाडौं  । नागरिक लगानी कोषले एनसीसी बैंकको सर्वसाधारण समूहको लिलामी सेयर पाउन असफल भएको छ ।  दोस्रो बजारमा स्टक डिलरको रुपमा स्थापित हुने तयारीमा लागेको नागरिक लगानी कोषले आवेदन गरेको १९१ रुपैयाँ मूल्य तोकेर खुला भएको सबै सेयरका लागि बोलपत्र पेश गरेको थियो । तर यो भाउभन्दा माथि मूल्य तोकेर भर्नेहरु अधिक भएपछि कोषको हात खाली भएको हो ।


बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार न्यूनतम २०१ रुपैयाँदेखि माथि भाउ राखेर बोलपत्र भर्ने सबैले सेयर पाउने भएका छन् । यस लिलामीमा अधिकतम २१८ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेस गर्ने लगानीकर्ता पनि भेटिएका छन् । यसमा ४ हजार ९२२ जनाले आवेदन दिएका थिए । एनसीसीको सर्वसाधारण समूहको सेयरमा कट अफ प्राइस २०१ रुपैयाँ कायम भएको छ ।

यता, संस्थापक तर्फको सेयरमा भने १०१ रुपैयाँ (कट अफ प्राइस) नै भाउ तोकेर बोलपत्र भर्नेले सेयर पाउनेछन् । यसमा १२० जनाले आवेदन दिएका थिए । नागरिक लगानी कोषले पनि संस्थापक तर्फको सबै कित्तामा १०१ रुपैयाँ भाउ तोकर आवेदन दिएको थियो । दुवै समूहको सम्पूर्ण लिलामी सेयर बिक्री भएको छ ।

एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ बराबर १ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । सो समयमा बैंकको आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेको थियो ।


उक्त समयमा बाँकी रहेको सेयर एनसीसीले पुस ११ देखि २० गतेसम्म संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । नागरिक लगानी कोष समाचार सार्वजनिक भएपछि आइतबार दोस्रो बजारमा पनि एनसीसीको सेयरमा लगानीकर्ता झुम्मिएका थिए । यो बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो ।


हाल ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एनसीसी बैंकको लिलामीमा हकप्रद बिक्रीपछि ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ

Advertisement

Advertisement

Advertisement