वैदेशिक रोजगारबाट फर्केका युवाबाट झन्डै २० अर्बको सहुलियत कर्जा माग

Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाका लागि १० लाख रुपियाँसम्म सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै दुई महिनाको अवधिमा २० हजारभन्दा बढीले ऋण माग गरेका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार यस अवधिमा १८ हजार ७ सय ३१ जना युवाले यस्तो ऋणका लागि प्रत्यक्ष र झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका छन् । प्रत्यक्ष र अनलाइन गरेर साढे २० हजार युवाले १० लाख ऋणका लागि फारम भरेका छन् ।

प्रतिव्यक्ति १० लाख रुपियाँसम्म सहुलियत कर्जा पाउने भएकाले हालसम्म झन्डै २० अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण कर्जा माग भएको अनुमान गरिएको छ ।

आवेदन दिने अन्तिम म्याद पुस मसान्तमा मात्रै पाँच हजारले ऋणका लागि आवेदन दिएका छन् । आफ्नो व्यावसायिक योजनासहित विदेशबाट फर्किएका युवाले ऋण मागेका हुन् ।

बोर्डले ऋण आवेदन अध्ययन गरी अर्थ मन्त्रालय, राष्ट्र बैंक र श्रम मन्त्रालयको छलफलपश्चात बैंकलाई ऋण दिन राष्ट्र बैंकबाट निर्देशन जारी हुने बोर्डले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement