निर्मला हत्याकाण्डमा आधारित चलचित्र बनाइयो, छिटै प्रदर्शनको तयारी हुँदै

Advertisement

काठमाडौं।  कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलात्कार पछि हत्या भएको घटनाको बास्तबीक कथालाई आधार बनाएर चलचित्र निर्माण गरिएको छ । चलचित्रको नाम हो ‘कोपीला’ । कोपीलाको करीब एक महिनाको अबधीमा सोमबार छाँयाकन सम्पन्न भएको छ ।

निर्मला पन्तको घटना भएको लगभग छ महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेपछि  सुरक्षा निकाए र सरकारको आलोचना ब्यपाक भईरहेको छ । यसै घटनाको बास्तबीक कथामा आधारीत भएर चलचित्र कोपिला निर्माण गरिएको हो ।

करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व:पन्तको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको निर्देशक अधिकारीले बताए ।

यो चलचित्रलाई शिभम अधिकारीले लेखन एबम निर्देशन गरेका हुन । सोमबार चित्तवनमा चलचित्रको ईन्डक्ल्याप गर्दै छायाँकन सम्पन्न भएको निर्देशक अधिकारीले बताए । यो चलचित्र छिटै नै प्रदर्शनीमा आउने पनि उनले बताए।

चलचित्रको प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिर्चड गरिएको छ । ‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश गरिएको छ ।

Advertisement

Advertisement