व्यापार घाटा कम गर्न अनावश्यक वस्तुको आयातमा कडाई गर्दै सरकार

Advertisement

काठमाडौं । सरकारले बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको छ । अनावश्यक वस्तुको आयात बढी भई मुलुकको व्यापार घाटा बढ्दै गएपछि त्यस्ता वस्तुलाई रोक्ने तयारी सुरु भएको हो ।

मुलुकमा आयातदर बढ्दै गएपछि व्यापार घाटा चुलिदै जाँदा यसलाई कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको हो ।

अनावश्यक वस्तुको आयात रोक्न मन्त्रालयले तथ्यांक संकलन गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मु्लुकमा अनावश्यक नभएका वस्तु आयात रोक्न लागिएको बताए ।

आजको कारोबार दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement