डिशहोमको सवैभन्दा कम मासिक शुल्क

Advertisement

काठमाडौं । डिश मिडिया नेटवकले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ ।

डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ जस अन्तर्गत बाबा आमा, गृहिणी र बच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० रुपियाँ, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपियाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज रु ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज ४०० रुपियाँ प्रति महिनामा उपलब्ध गराएको छ ।

यहि माघ १० गतेवाट नयाँ एक्टिभेसनमा यो योजना लागुहुने डिशहोमले जनाएको छ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मुल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिशहोमका आधिकारिक बिक्रेताहरुकहाँ उपलब्ध छ ।

Advertisement

Advertisement

Advertisement