कामना सेवा विकास बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सको बिमा पोलिसि बिक्री गर्ने

Advertisement

काठमाडौं।  कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबिच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकका सबै शाखाहरुबाट लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

दुई पक्षबीच भएको सम्झौताले व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरे ।

हालसम्म बैंकले ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, ई बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्गसेवाहरु उपलब्ध गराउदै आएको छ ।

Advertisement

Advertisement