ओरियण्टल होटल्स १४ प्रतिशतको नाफामा

Advertisement

काठमाडौं । ओरियण्टल होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ३९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। होटटल र्याडिसन सञ्चालन गरेको यस कम्पनीले आफ्नो खुद नाफा गत पुसको तुलनामा एक करोड ६४ लाख रुपियाँ अर्थात १४ प्रतिशतले वृद्धि गरेको हो।

गत वर्षको सोहि त्रैमासमा ओरियण्टल होटलले ११ करोड ७५ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

होटलले यस अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ५६ करोड ९३ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५२ करोड ९४ लाख रुपियाँ आम्दानी गरको थियो । यस्तै यस अवधिमा होटलले २० करोड १९ लाख रुपियाँ होटल सञ्चालनबाट नाफा कमाएको जानकारी दिएको छ ।

एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलले १५ प्रतिशत बोनस शेयर पूँजीकरण गरेर ९३ करोड ४२ लाखबाट पूँजी वृद्धि गरेको हो। यस अवधिमा जगेडा कोषमा एक अर्ब ७९ लाख ६८ हजार रुपियाँ सञ्चित छ। गत पुसमा ९३ करोड ६३ लाख रुपियाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २४ रुपियाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ एम सय ९३ रुपियाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १७।५२ गुणा बढी भएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement