एक सातादेखि लगातार सुनको मूल्यमा वृद्धि, हेर्नुहोस आज कतिले बढ्यो

Advertisement

काठमाडौं । सातको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले बढेर ६२ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपियाँले बढेर ६२ हजार चार सय रुपियाँ पुगेको छ, भने महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार सात सय ५५ रुपियाँ र प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार पाँच सय रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले बढेर सात सय ८० रुपियाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement