अमेरिकी मन्त्रीको आलोचना गर्दै चिनियाँ राजदूतले भनिन्- नेपाल चीन सम्वन्धबारे नबोल

Advertisement

काठमाडौं । नेपाल–चीन सम्बन्धबारे अमेरिकाले गरेको टिप्पणीमाथि चीनले सोझै खण्डन गरेको छ । कोषौ टाढा रहेको मुलुकले नेपाल–चीन सम्बन्धबारे बोल्नु उपयुक्त नहुने सो मुलुकले जनाएको छ ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजना चिनियाँ हितमा मात्रै हुन नहुने अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले बताए लगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेल्टरको तर्कलाई सोझै खण्डन गरेकी हुन् । नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिला सम्बन्धी सहायक रक्षा मन्त्री फेल्टरले नेपालमा हुने चिनियाँ लगानी पारदर्शी हुनुपर्ने बताएका थिए ।

फेल्टरको तर्कबारे सोझै प्रतिवाद गर्दै मंगलबार ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तर्राष्ट्रिय सम्मेलनमा चिनियाँ राजदूत होउले भनिन्– ‘चीनले आफ्नो स्वार्थ विपरित नेपालले प्रस्तुत गरेका विकास आयोजनामा मात्र काम गर्ने गरेको छ ।’ कोषौँ टाढाको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिका टिप्पणी गर्नु अनुपयुक्त हुने उनको भनाई थियो ।

फेल्टरको पछिल्लो अभिव्यक्तिप्रति संकेत गदै राजदूत होउले आफ्नो मुलुकले कुनै पनि देशलाई समस्यामा पार्ने नियत नराखेको बताइन् ।

नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका उल्लेख गर्दै उनले आफ्नो देशको सहयोगमा नेपालमा निर्माण भएका र निर्माणाधिन परियोजनाको चर्चा गरेकी थिइन् ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement