पाँच लाख भन्दा बढीको सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्ने  निर्णय

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक पटकमा ५ लाख रुपियाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर ९प्यान० अनिवार्य गर्ने भएको छ । लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आगामी वैशाख १ गतेदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गर्ने निर्णय गरेको हो ।

बोर्डले ५ लाख रुपियाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक रहेको जनाएको छ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न अहिलेलाई ऐच्छिक गरिएको बोर्डले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement