एक्सेल डेभलपमेन्ट बैंकका चार नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले चार नयाँ शाखाको विस्तार गरेको छ । बैंकले झापाको बनियानी, सोमबारे, खुदुनावारी र गरामनी गरी चार शाखाको उद्घाटन गरी बैंकिङ कारोबार सरु गरेको छ ।

झापाको कचनकवलस्थित बनियानी शाखाको उद्घाटन कचनकवल गाउँपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे ।

त्यसैगरी भद्रपुरको सोमवारे शाखाको उद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद बसन्तकुमार बानिया, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ र बैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गरे ।

अर्जुनधारा नगरपालिकाको खुदुनावारी शाखाको उद्घाटन नगर प्रमुख हरिकुमार राना र बैंकका संचालक समितिका सदस्य गणेश प्रसाद खनालले संयुक्त रुपमा गरे ।

विर्तामोडको गरामनी शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटी र वैंकका संचालक समितिका सदस्य पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरे ।

Advertisement

Advertisement

Advertisement