खाँदबारी र गाईघाटमा प्रभु बैंकको नयाँ शाखा

Advertisement

काठमाडौं । प्रभु बैंकले दुई स्थानमा नयाँ शाखा खोलेको छ । बैंकले संखुवासभाको खाँदवारी र उदरपुरको गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको जनाएको छ ।

बैंकको खाँदबारी नगरपालिका–१ स्थित शाखाको उद्घाटन खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले गरे भने त्रियुगा नगरपालिका–११ स्थित गाईघाट शाखाको उद्घाटन प्रदेश सांसद हिमाल कार्कीले गरे ।

Advertisement

Advertisement