नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन

Advertisement

काठमाडौं । नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद सेयर भर्ने सोमबार (चैत्र २५ गते) अन्तिम दिन हो । यस आधारमा आइतबार सहित अब यस हकप्रदमा आवेदन दिन २ दिन मात्र समय बाँकी छ । नेपाल इन्सुरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । १ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपियाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ३२ लाख ३४ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपियाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपियाँ ५४ पैसा छ ।

Advertisement

Advertisement