नबिल ब्यालेन्स फण्डले वैशाख ५ गतेदेखि १० करोड २० लाख इकाई बिक्री गर्दै

Advertisement

काठमाडौं। नबिल ब्यालेन्स फण्ड २ ले सर्वसाधारणको लागि वैशाख ५ देखि इकाइ बिक्री गर्ने भएको छ। कम्पनीले १० करोड २० लाख इकाई सार्वजनिक निष्काशन गर्ने भएको हो।

बाँकी ८५ प्रतिशत अर्थात १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छिटोको अवधिमा वैशाख ९ गतेसम्म बिक्री खुला गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोको अवधि जेठ ३ गतेसम्म बिक्री खुला गरिने निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।

नबिल इन्भेष्टमेन्टको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो तेस्रो म्युचुअल फन्ड हो । हाल नबिल इक्विटी फन्डको कारोबार भइरहेको छ भने यस अघि नबिल ब्यालेन्स्ड फन्ड–१ परिपक्क भई खारेज भइसकेको छ । ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ को बिक्री प्रबन्धकको काम पनि नबिल इन्भेष्टमेटले गर्नेछ ।

कोष प्रवर्द्धक नविल बैंकको रेटिङ ुइक्रा एनपि आइआर डवल ए माइनसु र योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङको इक्रा एनपि एएमसी क्वालिटी थ्री प्लसु रहेको छ। दुबै रेटिङले सुरक्षित रहेको संकेत गर्दछ।

योजना व्यवस्थापकले शेयर बजार धेरै नै तल झरेको अवस्थामा सार्वजनिक निष्काशन गरेको हुँदा अन्य फण्डले भन्दा राम्रो गर्न सक्ने अवस्था रहेको छ। हाल अधिकांस फण्डहरु घाटामा छन्। साथै, न्याभ भ्यालु आधार मूल्य भन्दा तल झर्दा दोस्रो बजारमा पनि आधार मूल्यभन्दा तल झरेर कारोबार भैरहेको छ। बजार घटेको वेलामा बजार प्रवेश गर्ने हुँदा यस फण्ड उचित फाइदा लिन सक्ने अवस्था देखिन्छ।

आवदेनका लागि आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरमा खाता भएकाले अनलाइन आवेदन दिन सकिनेछ।

Advertisement

Advertisement

Advertisement