प्रभु बैंकका पाँच नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

Advertisement

काठमाडौं । प्रभु बैंकले मुस्ताङ्ग र म्याग्दीका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङको मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्रस्थित कागबेनी, थासाङ स्थित टुकुचे तथा लेते र म्याग्दीको अन्नपुर्णस्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको हो ।
यी पाँचवटै शाखारहित बैंकिङ सेवा शभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

बैंकले सञ्चालनमा ल्याएको बिस्तारित बैंकिङ सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement