उद्योग परिसंघको नयाँ कार्यसमितिलाई उद्योग मन्त्रीले दिए बधाई

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै अध्यक्ष लगायत सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।

स्वागत तथा बधाई कार्यक्रममा मन्त्री यादवले हाल देशको लक्ष्यनै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउदै नव गठित कार्य समितिले समेत यसलाई आत्मसात गरि आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे । देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवले जोड दिए ।

सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने कुरा व्यक्त गरे ।
सचिव अधिकारीले सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यान आकर्षण गराएका थिए ।

देशका दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको उनले जानकारी दिए । कार्यक्रममा परिसंघका नव नियुक्त अध्यक्ष सतिश कुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे ।

त्यस्तै उनले विगत केहि समय देखि सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमानै उद्योगसँग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गर्दै ती कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनको लागि नियमावली निर्माणमा समेत निजी क्षेत्र सहकार्य गर्न र आवश्यक सुझाव दिन तयार रहेको बताए ।

Advertisement

Advertisement

Advertisement