सुनको मूल्य उकालो लाग्यो, तोलामा चार सयको वृद्धि

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहिबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ५९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर ५९ हजार छ सय रुपियाँमा कारोबार भएको हो । त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार तीन सय रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार एक सय रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार आठ सय ४५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement