नविल बैंकले नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसी विक्री गर्ने

Advertisement

काठमाडौं । नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । बैंक र इन्स्योरेन्सले बीमा सम्बन्धी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुुसार नविल बैंकको विभिन्न शाखामार्फत बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सबै सेवा पाउने भएका हुन् ।

सम्झौतामा नविल बैंकका नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement