सानिमा माईको नाफामा १३.५६ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २२ करोड ९३ लाख ८१ हजार ७७१ रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले २० करोड २० लाख ५ हजार ५३० रुपियाँ खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको तुलनामा १३.५६ प्रतिशत बढी हो ।

सानिमा माईको चुक्ता पुँजी २ अर्ब ३२ करोड रहेको छ । त्यसैगरी, जगेडा कोषमा ६ करोड ९६ लाख रुपियाँ सञ्चित छ ।

हाईड्रोले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.३३ प्रतिशतले बढाएर ६० करोड २८ लाख २३ हजार ८८३ रुपियाँ पुर्याएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट ५६ करोड ६९ लाख १३ हजार ३६२ रुपियाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा सानिमा माईको प्रतिसेयर आम्दानी ९ रुपियाँ ८८ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२२ रुपियाँ ९७ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement