गण्डकी विकास बैंकले अजोड इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement