बाणिज्य बैंकको सेयरले उचाल्यो सेयर बजार, नेप्सेमा दोहोरो अंकको सुधार

Advertisement

काठमाडौं । सेयर बजारमा धेरै दिनपछि दोहोरो अंकको सुधार देखिएको छ । लगातारजसो घट्दै आएको सेयर बजारमा मंगलबार भने ११ अंकले बढेर एक हजार २५३ कायम भएको छ ।

बाणिज्य बैंकहरुको सेयरमा वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव पर्न गएको हो । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको सुचक एक प्रतिशतभन्दा बढिले बढेको छ ।

आज बाणिज्य बैंकबाहेक अरु अधिकांश समूहमा सुधार देखिएको छ । निर्जीवन बीमा समूहको सुचक दुई प्रतिशतभन्दा बढिले बढेको छ भने जीवन बीमा समूहका झण्डै डेढ प्रतिशतले बढेको छ । व्यापार, उत्पादनमूलक र अन्य समूहका सुचकहरुमा भने गिरावट देखिएको छ ।

आज सेयर बजारमा ४२ करोड ९४ लाख रुपियाँको कारोबार भएको छ जुन सोमबारको भन्दा केही बढि हो । आज धेरै कारोबार गर्नेमा मेगा बैंक सबैभन्दा अगाडि छ । यो बैंकको चार करोड ९५ लाख रुपियाँको सेयर खरिद बिक्री भयो ।

Advertisement

Advertisement