यतीले फेरि एटीआर जहाज थप्यो

Advertisement

काठमाडौं । निजी क्षेत्रको एक वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्राएको छ । कलसाइन नाइन एन एएनजी यो जहाज थाइल्याण्डको बैंककबाट उडेर शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउन जहाज थपेको कम्पनीको भनाई छ । नयाँ एटीआर फ्रान्सेली–इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्वीन इञ्जिन टर्बोप्रोप विमान हो ।

यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले विभिन्न नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement