ग्लोबल आईएमई बैंकमा समाहित हुने हाथवेको निर्णय, स्वाप रेसियो १००:४२ कायम

Advertisement

काठमाडौं । आइएमई समूहकै लगानी रहेको हाथवे फाइनान्स कम्पनी ग्लोबल आईएमई बैंकमा समाहित हुने भएको छ । कम्पनीको विशेष साधारणसभाले १००ः४२ को अनुपातमा ग्लोबल आईएमईमा समाहित हुने प्रस्ताव पास गरेको हो ।

उनीहरुबीच यसअघि नै मर्जरसम्वन्धी प्रक्रिया अघि बढाउन सहमत भइसकेका थिए । हाथवेसँग मर्जरको प्रक्रिया अघि बढिसकेको अवस्थामा त्यसलाई टुँगो नलगाई जनता बैंकलाई प्राप्ति गर्न ग्लोबल आईएमईले गैरकानुनीरुपमा सम्झौता गरेको भन्दै आलोचनासमेत भएको थियो ।

Advertisement

Advertisement