एमभी दुगड ग्रुपका अध्यक्षको ५०औं विवाहको स्वर्णजयन्तीमा कर्मचारीहरुको उदाहरणीय प्रस्तुती

Advertisement

काठमाडौं । एमभी दुगड ग्रुपका कर्मचारीहरुले आफ्ना अध्यक्ष मोदीलाल दुगड तथा उनकी धर्मपत्नी सरोज दुगडको ५०औं विवाहको स्वर्णजयन्ती विशेष कार्यक्रम गरी मनाएका छन् । गत वैशाखमा जीतपुर सिमराबाट सुरु गरिएको स्वर्णजयन्तीको उत्सव एमभी दुगड ग्रुपको काठमाडौंस्थित हाईड्रोपावर र अटोमोवाईल्स कम्पनीका गरि लगभग पाँचसय कर्मचारीहरुले विशेष कार्यक्रम गरी स्वर्णजयन्ती सम्पन्न गरेका छन् ।

कम्पनी र कर्मचारीहरुले उदाहरणीय रुपमा आफूहरुको प्रगाढ सम्बन्ध प्रस्तुत गर्दै गरेको कार्यक्रम एमभी दुगड ग्रुपका अध्यक्ष, दुगड परिवार र सम्पूर्ण पुरुष कर्मचारीहरु राष्ट्रिय पोषाक दौरा सुरुवाल र भादगाउँले सजिएका थिए ।

अध्यक्ष दुगड़ र उनकी धर्मपत्नी सरोजको ५०औं वैवाहिक स्वर्णजयन्ती समारोेहका लागि हयात होटेल परिसरमा प्रवेश गर्नासाथ जन्तिको लश्कर र पूmल मालाले सजाइएको बग्गी देखापर्छ । त्यस्को ठिक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दम्दार पहरा सँगै नेपाली पञ्चेबाजा र ब्याण्डबाजाको प्रस्तुती, दम्पत्तीको बग्गी सवारी लगतै वरमाला सहित पुनः विवाहको कार्यक्रम सम्पन्न हुन्छ ।

कार्यक्रममा करिव सात घण्टाको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, सांस्कृतिक नृत्य, अन्प्लग गायन, स्ट्याण्ड अप कमेडी, र्यापलगायत विशेष प्रस्तूतीहरु ग्रुपअन्तर्गत कर्मचारी र परिवारबाट मात्र गरिएको थियो ।

कार्यक्रममा हाल कार्यरत कर्मचारी, उनका परिवार, भूतपूर्व कर्मचारी र उनका परिवारहरु सहभागी थिए । शूभाग मल जम्मडको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ग्रुपकी पीआर हेड विमला थापाले गरेकी थिईन ।

कार्यक्रममा अध्यक्ष मोतीलाल दुगडले कर्मचारीहरुमा लूकेको प्रतिभा देखेर आफू प्रसन्न भएको बताए । उनले कर्मचारीहरुबाट अभूतपूर्व माया, आर्कषक प्रस्तुती र ऐतिहासिक सम्मान पाएको बताए । दुगडले आफ्नो व्यापारीक र औद्योगिक ५५ बर्षको यात्रा सफल भयो भन्ने मार्मिक उद्गार प्रकट गर्दै स्टेजमा भावुकरुपमा प्रस्तुत भएका थिए ।

ग्रुपका उपाध्यक्ष विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका लागि कर्मचारीहरुले हृदयदेखि नै देखाएको प्रसंसनीय सांस्कृतिक प्रस्तुतीको खुलेर तारिफ गरे । उनले पूजामा संलग्न पण्डितदेखि कोरियोग्राफर, कलाकार र कर्मचारीहरुको प्रतिभा देखेर गर्व महसुस भएको बताए ।

Advertisement

Advertisement

Advertisement