तिजको मुखैमा सुनको मूल्य घट्यो, तोलामा चार सय कम

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७२ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले घटेर प्रतितोला ७२ हजार रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७१ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement