सुजल फूड्सको 'चोकोफन रोल्स' बजारमा

Advertisement

काठमाडौं । सुजल फुड्स प्रालिले हालै वाफेर रोल्सअन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ । चोकोफन रोल्स नेपालमै पहिलो पटक उत्पादन भएको बेक्ड वेफर रोल्स हो ।

यो रोल्स को बाहिरी भाग अत्यन्तै क्रिप्सी छ र भित्री भाग क्रिमि रहेको हुन्छ जुन क्रिम अत्यन्तै उत्कृष्ट र स्वादिस्ट छ । चोकोफन रोल्स स्ट्रवेरी, भ्यानीला र कोकोनटको उत्कृष्ट स्वादहरुमा उपलब्ध छ ।

यस चोकोफन रोल्स, क्रन्ची वेफर र स्वादिस्ट फ्लेबर यूक्त क्रिमको समिश्रण भएकोले, यो खादा मुखमा नै क्रिम पग्लिन्छ र यसको उत्कृष्ठ स्वादले आनन्दको अनुभुति प्रदान गर्दछ ।

चोकोफन रोल्सको आनन्द आफूले वा आफ्ना साथिभाइहरुसँग वाडेर लिन सकिन्छ र ती खुशीका क्षणहरुलाई यसको अनुपम स्वादले अविष्मरणिय बनाउदछ । साथै यसलाई चिया कफीसंग, डेजर्टमा, आइसक्रिमसँग पनि उपभोग गरेर यसको स्वादको भरपुर मज्जा लिन सकिन्छ ।

अन्तराष्ट्रिय गुणस्तरको स्वादिस्ट फ्लेबर प्रयोग गरि संसारकै अत्याधुनिक वेफर रोल्स उत्पादन प्रविधि तथा अत्याधुनिक मसिनेरीबाट स्वस्थकर वातावरणमा उत्पादित चोकोफन रोल्स गुणस्तरिय छ र हरेक उत्पादनमा एकरुपता पाइन्छ ।

कम्पनीले यो चोकोफन रोल्स आकर्षक बक्स प्याकेजिंगमा ल्याएको छ । इम्बोस्ड र वार्निश युक्त प्याकेजिंगमा यसको विशेषताहरु तथा फ्लेबरलाई अतिनै आकर्षक तथा कलात्मक ढंगले प्रस्तुत गरिएको छ जुन हेर्दानै खाउ खाउ लाग्ने छ । एउटा बक्समा दस पीसको दुईवोटा ट्रे रहेको छ जसलाई मेटालिक र्यापरले प्याक गरिएको छ, जसकारण यसको उपभोग गर्दा यो स्वस्थकर तथा यसको क्रिप्सिनेस यथावत रही रहन्छ ।

चोकोफन रोल्स उत्पादन भएको मितिले १२ महिना भित्र उपभोग गर्न मिल्दछ । १०० ग्रामका बक्सको चोकोफन रोल्स मात्र १२० रुपियाँमा बजारमा उपलब्ध छ ।

यस चक्लेटको अनुपम स्वादले हरेक उपभोक्ताको मनजित्ने र उनीहरु माझ लोकप्रिय हुने कुरामा सुजल फूड्स प्रालिले पूर्ण विश्वास लिएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना विभिन्न उत्पादनहरु अन्तराष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको छ र यस नयाँ उत्पादन ऋजयअयागल च्यिि लाई पनि छिट्टैनै अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement

Advertisement