सरकारले सुनको भन्सार महशुल २० प्रतिशतभन्दा बढिले बढायो

Advertisement

काठमाडौं । सरकारले सुन आयातमा भन्सार महशुल बढाएको छ । विदेशबाट आउँदा ल्याइने काँचो सुन तथा गहना दुवैमा भन्सार महशुल बढाइएको हो । सुनको बढ्दो तस्करी नियन्त्रण गर्ने प्रयासस्वरुप अर्थमन्त्री युवराज खतिवडाले सुनको भन्सार दरमा २० प्रतिशतभन्दा बढिको वृद्धि गरेका हुन् ।

अर्थ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति गरेको छ । नयाँ नियमावलीअनुसार विदेशबाट आउनेल
पहिलो ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्राम सात हजार पाँच सय रुपियाँका महशुल तिर्नुपर्नेछ । यसअघि सोही परिणाममा सुन ल्याउँदा छ हजार दुई सय रुपियाँ मात्रै भन्सार लाग्यो ।

त्यस्तै गहनामा प्रति १० ग्राम आठ हजार पाँचसय महशुल तिर्नुपर्ने भएको छ । यसअघि यस्तो गहनामा सोही परिणाममा सात हजार दुई सय मात्रै महशुल थियो । भन्सार दरमा भएको वृद्धिसँगै आकासिँदो सुनको भाउमा थप वृद्धि हुने देखिएको छ । व्यवसायीहरु विदेशबाट आउनेहरुमार्फत ठूलो मात्रामा सुन भित्रिने गरेकाले त्यसको असर बजारमा पनि पर्ने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement