Advertisement

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको संख्या बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् । गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबा...

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको प्रत...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् । कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग...

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।  सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन आयोग गठन गर्दै आएको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वक...

काठमाडौं । पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाइडलाई कारबाही अगाडि बढाएको छ । टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मंगलबारदेखि सुरु...

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिम बहराइन विजेता बनेको हो ।  जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समू...

काठमाडौं । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।  पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएक...

काठमाडौं । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ ।  पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन्...

काठमाडौं । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।  सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिही...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।   बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चण्डीआदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट,...

काठमाडौं । एनसेलले आधुनिक समयसँगै नयाँ सोचको साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व)को महत्त्व बुझाउन सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।  ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले यो भिडिय...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् ।  अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताए । बिहीबार ललि...

मोरङ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन् । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्...

टोकियो । जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ।  कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ । एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणब...

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभ...

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीलाई सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी (सलामी) दस्तुरमा छुट दिने निर्णय भएको छ ।  बिहीबा...

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ३० गते बस्दैछ ।  सभाले हाल कायम चुक्ता पुँजीको २ः १ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सं...

बागलुङ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।  विश्व सम्पदामा सूचीकृत विश्व शान्ति...

काठमाडौं । पर्यटन प्रवर्द्धनमा लाग्दै आएको अठोट नेपालले ‘सेकेन्ड नेश्नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन २०२४’ आयोजना गर्ने भएको छ ।  चार वटा विभिन्न विधामा हुन लागेको यस प्रतिस्पर्धामा हरेक विधामा उत्कृष्ट हुनेलाई जनही ५० हजार रूपियाँ पुरस्क...

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ ।  रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने ...

नवलपरासी । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना ...

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण ...

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन बुधबारदेखि बन्द गरेको छ । सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुनःसिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौँ...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।  सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले आज सभामुख घ...

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बद...