श्रीलंकन एयरलाइन्सलाई ‘साटा अवार्ड, २०२४’

Advertisement

काठमाडौं । श्रीलंकाको राष्ट्रिय ध्वजावाहक ‘श्रीलंकन एयरलाइन्स’ ले साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेको छ।  एयरलाइन्सले दक्षिण एसियाको उत्कृष्ट हवाई सेवा प्रदान गरेबापत साटाबाट लिडिङ इन्टरनेसनल एयरलाइन्स साउथ एसियाको रूपमा अवार्ड प्राप्त गर्न सफल भएको हो। 


श्रीलंकन एयरलाइन्सले विगत ४५ वर्षदेखि ५९ राष्ट्रका ११३ गन्तव्यहरूमा सिधा तथा नेटवर्किङ उडान गर्दै आइरहेको छ। पछिल्लो तीन वर्षदेखि एयरलाइन्सले नेपाल–श्रीलंका सिधा उडान गर्दै आएको छ । सातामा ५ दिन काठमाडौं–कोलम्बो, कोलम्बो–काठमाडौं एयरलाइन्सले सिधा उडान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement