आजको मौसम : बागमतीसहित यी चार प्रदेशमा वर्षा, हिमाली भू–भागमा हिमपात
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको बताइएको छ । 

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

Advertisement

Advertisement