अर्थमन्त्री पौडेल आज राति चीन जाने

Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल सोमबार राती चीन जाने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल चीन जान लागेको उनको सचिवालयले जनाएको छ । 

पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

Advertisement

उनी शनिबार स्वदेश फर्किने छन् । 

Advertisement

Advertisement