‘नेश्नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन’ हुँदै, हरेक विधामा रु. ५० हजार पुरस्कार

Advertisement

काठमाडौं । पर्यटन प्रवर्द्धनमा लाग्दै आएको अठोट नेपालले ‘सेकेन्ड नेश्नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन २०२४’ आयोजना गर्ने भएको छ । 

चार वटा विभिन्न विधामा हुन लागेको यस प्रतिस्पर्धामा हरेक विधामा उत्कृष्ट हुनेलाई जनही ५० हजार रूपियाँ पुरस्कार प्रदान गरिने छ । 

Advertisement

अठोट नेपालका अध्यक्ष देवेन्द्रबहादुर शाही ठकुरीले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ठकुरीले यस वर्ष ‘नेपाल सस्टेनेबल टुरिजम डेभलप्मेन्ट’मा आधारित भएर प्रतिस्पर्धा गर्न लागेको बताए । 

नेपालको पर्यटन प्रवर्द्धन हुने चार वटा मुख्य विधा प्रकृति (वातावरण), संस्कृति (जात्रा), पिपुल (जनजीवन), वाइल्ड लाइफ (चराचुरुङ्गी)सँग सम्बन्धित तस्विर पठाउन सकिनेछ । यस प्रतिष्पर्धाबाट छानिएका तस्विरमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ । 

तस्विर २०८१ बैशाख १८ गतेभित्र पठाइ सक्नुपर्ने छ । संसारको जुनसुकै ठाउँबाट पठाए पनि तस्विर नेपालको हुनु पर्नेछ । कार्यक्रमको पहिलो भागमा पर्यटनका विषयमा समूहगत छलफल हुनेछ भने दोस्रो भागमा फोटोग्राफी प्रतियोगिता हुनेछ । समूहगत छलफलमा पर्यटन र वातावरण क्षेत्रसगँ सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका नीति निर्माणका विषय, पर्यटन प्रवर्द्धनका साथै जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभावका बारेमा छलफल हुनेछ । 


त्यस्तै, विश्व महामारी कोभिड–१९ को महामारीपछि पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान दिने र भूमिका खेल्ने पर्यटन व्यवसायी, पर्यटन अभियन्ता, पर्यटन पत्रकार, पर्यटन फोटोग्राफर, पर्यटन क्षेत्रमा संलग्न सरकारी कर्मचारीहरुमध्येबाट छनौट भएकालाई सम्मान गरिने छ । 

Advertisement

Advertisement