आजबाट नयाँ कमेडि सिरियल ‘अड्डा’ डिशहोमको कमेडि प्लस च्यानलमा

Advertisement

काठमाडौं । डिसहोमले सुरु गरेको हाँस्यव्याँग्य च्यानलमा नयाँ कमेडि सिरियल अड्डा आजबाट सुरु हुने भएको छ । दर्शकहरुको रुचीअनुसार हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु गर्न लागेको डिशहोमले जनाएको छ ।

विगत लामो समयदेखि कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन । उनका अनुसार हाँस्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भए पनि अड्डा केही फरक प्रस्तुति लिएर आएको बताएका छन् । 

Advertisement

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नेछन् । 

Advertisement

Advertisement