प्रभु बैंकले शुरु गर्यो ईकेवाईसी सेवा, बैंकसम्म पुगिरहनु पर्ने बाध्यता हट्यो

Advertisement

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । 

प्रभुमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइटमा लगइन  गरी अनलाइन मार्पmत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पूर्णरुपमा हटेको छ । 

Advertisement

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने विश्वास लिइएको छ । 
 

Advertisement

Advertisement